नेपालको त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तेस्रो जित

by समतल अनलाइन

काठमाडौँ । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न तेस्रो खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै सिरिजमा लगातार तेस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछाएको हङकङले २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएको थियो । हङकङका लागि अनशुमन राठले सर्बाधिक ४५ रन बनए भने एजाज खानले २५ र् बाबर हायातले २० रन बनाए थिए ।

त्यसैगरी नेपालका लागि करण केसी, ललित राजबंशी र् सोमपाल कामीले २-२ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र् प्रतिश जिसीले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । कुशल र दिपेन्द्रले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरेका थिए । कुशल मल्लले ४१ बलमा ९२ रन बनाएर् आउट भएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३७ बलमा ५७ रन बनाएका थिए ।

त्यसैगरी आसिफ सेखले २०, कुशल भुर्तेलले २, सोमपाल कामीले ८, कप्तान रोहित पौडेलले ११ रन बनाएका थिए ।

त्यसैगरी हङकङका बलर मोहमद घजानफार र हारून अर्शदले २-२ विकेट लिएका तिह्ये भने आयुश शुक्ला र एजाज खानले एक एक विकेट लिएका थिए ।

सिरिजमा नेपालले लगातार तेस्रो जित हासिल गर्दै ३ खेलमा ६ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ र नेपाल सिरिजको फाइनलमा पुगेको छ । त्यस्तै हङकङले सिरिजमा लगातार दोस्रो हार बेहोरेको छ भने युएईले एक खेलमा हार बेहोरेको छ ।

अब सिरिज अन्तर्गत आइतबार युएई र हङकङबीच खेल हुदै छ ।

 
 
  
 

You may also like