सहरको विकास भैसकेको ठाउँमा राजधानी हुनुपर्छ भन्ने छैन : पुष्पकमल दाहाल (प्रचण्ड)

by समतल अनलाइन

बुटवल । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सहरको विकास भैसकेको ठाँउमा प्रदेशको राजधानी हुनुपर्छ भन्ने नरहेको बताएका छन् ।

उनले पुर्वधार विकास भैसकेको ठाउमा मात्र नभएर नयाँ ठाउमा पनि प्रदेशको राजधनी बनाउन सकिने बतए । प्रचण्डले घुमाउरो शैलीमा बुटवल प्रदेश नम्बर पाँचको स्थिाइ राजधानी हुन नसक्ने संकेत गरे ।

५ औ लुम्बिनी पर्यटन प्रवद्धन औधोगीक व्यापार तथा कृषि मेलाको उद्घाटन गदै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन ।
रजधानीको विषयमा जनताको बिचमा विभन्न जिज्ञासाहरु पनि छन्, प्रश्नहरु छन् । बाँके बिर्दिया गयो नेपालगंज गयो भने त्याहाँको जनताको एउटा भावना छ । दाङ, रोल्पा, रुकुमतिर गयो भने एउटा भावना छ र यहाँ रुपन्देही, लुम्बिनी आयो भने यहाँको जनताको एउटा भवना छ । मैले बोल्दाखेरी रजधानी सबैलाइ सहजहुने र सबैलाई लाभहुने गरी निर्धारीत गनुपर्छ भन्ने भाषा नेपालगंजमा पनि प्रयोग गरे, दाङमा पनि प्रयोग गरे र आजमैले तपाइहरु संग आएरपनि प्रयोग गरिने भाषा सबैलाइ सबैभन्दा सुविधा र सबौभन्दा सहज जहाँहुन्छ त्यही ठाउलाइ राजधानी बनाउने हो ।

यो विषय अहिले पनि छलफलको चरणमा छ, मेरो भनाइलाई यहाहरुले विलकुल गलत ढंगले नबुझिदिनुहोला ।’ मैले अहिले सम्म कहि कतै पनि यहिनै ठाउ भनेर तेकेर भनेको छैन ।

तर केहि दिन अघिमात्र प्रचण्डले दाङमा गएर त्यहाँ आयोजित एक कार्यक्रममा प्रदेशको राजधानी दाङ हुने बताएका थिए ।
जुन ठाउँमा पुग्यो त्यही ठाउँ प्रदेशको राजधानीका लागि उपयुक्त रहेको भनेर अभिव्यक्ति दिने गरेको भनी आलोचना खेप्दै आएका प्रचण्डले आज रुपनदेही आएर भने घुमाउरो शैलीमा बुटवल प्रदेशकोे स्थिाइ राजधानी हुन नसक्ने संकेत गरे ।

 
 
  
 

You may also like