हङकङले दियो नेपाललाई ९५ रनको झिनो लक्ष्य, करणले लिए ४ विकेट

by समतल अनलाइन

काठमाडौं । त्रिकोणात्मक क्रिकेट श्रृखंला अन्तर्गत हङकङले नेपाललाई जितका लागि ९५ रनको झिनो लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा नेपाली बलरहरूले हङकङका ब्याटरलाई लगातार दबाबमा राखेपछि जितका लागि ९५ रनको सामान्य लक्ष्य पाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रन बनाएर अलआउट भयो ।

नेपालका लागि करण केसीले सुरुवातमै तीनसहित चार विकेट लिएपछि हङकङ दबाबमा आएको थियो । अभिनाष बोहोरा र सोमपाल काकीले समान दुई–दुई विकेट लिए । कुशल मल्ल र मौसम ढकालले समान एक–एक विकेट लिए । नेपालले पहिलो खेलमा हिजो यूएईलाई सात विकेटले पराजित गरेको थियो ।

 
 
  
 

You may also like