नेपाली कांग्रेस रुपन्देही-२ को क्षेत्रीय सभापतीमा प्रजापाल गिरी बिजयी

by समतल अनलाइन

बुटवल। नेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापती पदमा प्रजापाल गिरी बिजयी भएका छन् । बुटवलमा सम्पन्न मतपरिणाम अनुसार सभापती पदका उम्मेदवार परशुराम ढकाललाई पराजित गर्दै सभापति मा प्रजापाल गिरी बिजयी भएका हुन । गिरीले कुल ३४६ मत सहित बिजयी भएका हुन ।

त्यस्तै निकटम प्रतिद्वन्द्वी परशुराम ढकालले २४५ मत प्राप्त गरे ।
त्यस्तै सह सचिवमा संगिता अर्याल गौतम बिजयी भएकी छन् । उनले २९७ मत प्राप्त गरिन भने निकटम प्रतिद्वन्द्वी बिष्णुप्रसाद चापागाईले २८९ मत प्राप्त गरे ।

स्थानिय चुनावको समयमा पार्टीको १४ औं महाधिबशेनबाट निर्वाचित हरि लम्सालले पदबाट राजिनामा दिएपछिक्षेत्रिय पद रिक्त रहेको थियो ।

तत्कालिन सह सचिव राजबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपनि उक्त पद रिक्त थियो ।

 
 
  
 

You may also like