206
काठमाडौं । संघीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगन भएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकपश्चात सभामुख देवराज घिमिरेले १६ दिनका लागि बैठक स्थगन भएको जानकारी दिएका छन् । संसद्को अर्को बैठक कार्तिक १२ गते दिउँसो १ बजेका लागि बोलाएका छन् ।