नेप्से परिसूचक २०.१६ अंकले घट्यो, एक अर्ब ७० करोडको कारोबार

by समतल अनलाइन

काठमाडौँ । कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो ।

आज दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७० करोड एक लाख २९ हजार आठ सय १५ बराबरको कारोबार भएको छ । कारोबार पछि कूल बजार पुँजीकरण रू २८ खर्ब ७२ अर्ब नौ करोड ९७ लाख ५७ हजार चार सय ९३ कायम भएको छ ।

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक तीन प्रतिशत, निर्जीवन बीमा समूह एक दशमलव ५२ प्रतिशत र जलविद्युत् समूहको उपसूचक एक दशमलव ५९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । जसमध्ये दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मध्य सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै मूल्य घट्नेमा भने सिटी होटल लिमिटेडको शेयर मूल्य नौ दशमलव ०९ प्रतिशतले घटेको हो ।

 
 
  
 

You may also like