२५० जना नेपाली बोकेर इजरायलबाट उड्यो नेपाल एयरलाइन्सको विमान

by समतल अनलाइन

काठमाडौँ । नेपालीहरुको उद्धारका लागि गएको नेपाल एयरलाइन्सको विमान इजरायलबाट उडेको छ । २५० जना नेपाली बोकेर विमान इजरायलबाट उडेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार विमान आजै राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । नेपालीहरुको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल गएका छन् । प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ।

 
 
  
 

You may also like