अर्थतन्त्र सुधारोन्मुख छ, हल्ला चाहिँ गलत फैलियो : अर्थमन्त्री डा. महत

by समतल अनलाइन

जनकपुरधाम । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको दावी गर्दै गलत हल्लाका कारण मात्र परिस्थति प्रतिकूल बन्न गएको बताएका छन् ।

आज (शनिबार) जनकपुरधाम उद्योग वाणिज्य संघको ५६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले गलत हल्लाका कारण पैसा भएका निजी क्षेत्र लगानी नगरेर प्रतिक्षारत रहेकाले पनि यस्तो स्थिति सिर्जना भएको बताए । उनले देशको अर्थ व्यवस्थामा क्रमिक सुधार भइरहेको दावी गरे । कोभिडको अन्त्यपछि पर्यटकको आगमनमा वृद्धिका कारण देशको अवस्था सुधारोन्मुख रहेको र रेमिट्यान्स आएको तर गलत हल्लाका कारण घर र बैंकमा पैसा थन्किएकाले व्यापक समस्या जस्तो देखिएको अर्थमन्त्रीको भनाइ थियो ।

मधेशसहितका प्रदेशहरुमा आवश्यक बजेट विनियोजनमा केही त्रुटी भएको उनले स्वीकार गरे । मन्त्री डा. महतले त्यसअघि जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानीमा गठबन्धन भित्र केही असमझ्दारी र असन्तुष्टि रहेको भए पनि विस्तारै समाधान हुँदै सरकार आफ्नो लयमा फर्किरहेको बताए ।

 
 
  
 

You may also like