चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो ः प्रदेश प्रमुख शेरचन

by समतल अनलाइन

बुटवल । विश्वकै ठूलो अर्थतन्त्र भएको छिमेकी मुलुक चीनको ७४ औं राष्ट्रिय स्वतन्त्रता दिवश नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि
मनाइएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा चीनले गरेको आर्थिक क्रान्ति बिश्वकै नमुना र अनुकरणिय
भएको दावी गरीएको छ ।

कार्यक्रममा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले छोटो अवधीमै बिश्व अर्थतन्त्रमा प्रभाव जमाउन सफल राष्ट्र चीनबाट नेपालले अपेक्षाकृत लाभ
लिन सक्ने संभावना रहेको उल्लेख गर्दै यसमा नेपाली चुक्न नहुने बताउनु भएको छ । चीनले नेपालको औद्योगिक बिकास, पुर्वाधार बिकास, शिक्षा,
स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै प्रदेश प्रमुख शेरचनले नेपालको अस्थिर राजनिति, असन्तुलित परराष्ट्र निति र
अबिश्वासका कारण प्रयाप्त लाभ लिन नसकेको टिप्पणी गर्नु भयो ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटा, संबिधान सभा सदस्य नेत्र प्रसाद पन्थी, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार
तिलक आचार्य, प्रा.डा.कपिलदेव लामिछाने, डा.ऋषिराम शर्मा, डा.सागर न्यौपाने, उद्योगी ब्यबसायीहरु उज्ज्वल कसजू, एजाज आलम, टंक पोखरेल, माधव
पौडेल, प्राज्ञ बुंद राना लगायतले प्रधानमन्त्रीको चीन भ्रमणबाट चीनले नेपालको बिकासमा थप टेवा पुराउने आशा पलाएको धारणा ब्यक्त गर्नु भएको
थियो ।

 
 
  
 

You may also like