कञ्चनको चौपारीमा जारी फुटवल प्रतियोगिता अन्तर्गत पहिलो चरणको सबै खेल सम्पन्न

by समतल अनलाइन

कञ्चन। गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ पिपरीचापा, रुपन्देहीद्वारा सञ्चालित खुल्ला पुरुष फुटवल प्रतियोगिता अन्तर्गत पहिलो चरणका सबै खेलहरु सम्पन्न भएका छन। आज खेलको छैठौं दिन पहिलो चरण अन्तर्गतको अन्तिम खेलमा कोब्रा गाइज, बुटवल र अमुवा एफ.सी. विजयी भएका छन।

आज कोव्रा गाइज, बुटवल र गौतमबुद्ध युवा क्लव अस्नैया बिच भएको पहिलो खेलमा कोव्रा गाइज ० का बिरुद्ध १ गोलले विजयी भएको छ। यस्तै अमुवा एफ.सी र सिद्धार्थ एफ.सी बिच भएको दोश्रो खेलमा अमुवा एफ.सी.ले सिद्धार्थलाई ३-० गोल अन्तरले पराजित गरी प्रतियोगिताको दोश्रो चरणमा प्रबेश गर्न सफल भएको गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका के.वि. थापाले जानकारी दिनु भएको छ।
प्रतियोगिताको सातौं दिन अर्थात भोली देखि दोश्रो चरणका खेल शुरु हुने आयोजकले जनाएको छ। दोश्रो चरणको पहिलो खेल चँदनी एफ.सी. र न्यु बुद्ध स्पोर्टस कपिलबस्तु तथा गौतमबुद्ध सामुदायिक बिकास केन्द्र(आयोजक निलो) र फुलवारी एफ.सी बिच प्रतिस्पर्धा हुने गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका के.वि. थापाले जानकारी दिनु भएको छ।

चौपारी खेल मैदानमा जारी प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैया सहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ३० हजार सहित कप र मेडल प्राप्त गर्ने छ। प्रतियोगिता अवधीभर बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कार रहेको अयोजकले जनाएको छ। असोज १३ गते सम्म संचलन हुने प्रतियोगिता हरेक दिन दिउसो १ बजे देखि संचालन भइरहेको छ

 
 
  
 

You may also like