देवदह पाँचलाई नमुना बालमैत्री वडा बनाइदै

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल। देवदह नगरपालिका वडा नम्बर पाँचमा बालबालिकाको लागि आवधिक योजनाको लागि लगानी गोष्ठी गरिएको छ । बालबालिकाको अधिकार र उनीहरुलाई उनीहरुकै शैली अनुसारको वडा निर्माणका लागि आवधिक योजना लगानी गोष्ठी गरिएको हो । वडालाई नमुना बालमैत्री वडा बनाउने अभियान सहित वडा बाल संजाल गठन टोल–टोलमा गठन गरिने छ ।

यस्तै बाल क्लब परिचालनदेखि बालबालिकाको नेतृत्व बिकास तालिम, टोल बिकासलाई बालमैत्री सुचकको अभिमुखिकरण लगायतको कार्यक्रमलाई तिब्रता दिइने गोष्ठीले निर्णय गरेको छ । गोष्ठीमा वडा अध्यक्ष गणेश डुम्रे, बालमैत्री फोकल पर्सन तथा नगर शिक्षा अधिकृत पर्शुराम ढकाल, वडा समितिका सदस्यहरु बिमला देबि दर्लामी, संगीता बिक, साबित्रा पौडेल, होमनाथ भट्टराई, वडा सचिव प्रदिपप्रसाद गौतम, देवदह नगर अस्पतालका युवराज दिशामगर, देवदह नगर प्याब्सन अध्यक्ष रामबहादुर गुरुङ, एन प्याब्सन रुपन्देही जिल्ला कोषाध्यक्ष बिनोद थापामगर, केरवानी माबि का सहायक प्रधानध्यापक कमल ज्ञवाली, बुद्ध पब्लिक आवासिय माबिका अनन्तराम भण्डारी, स्वास्थ्य स्वयमसेविका पावर्ती न्यौपाने, देवदह ब्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ, उधोग बाणिज्य संघका उपाध्यक्ष मिना श्रेष्ठ, वडा बाल संजाल अध्यक्ष सिर्जना नगर बाल संजालका सचिव संस्कृति घर्ती, खैरेनी गोठादी मार्ग टोल बिकास संस्था अध्यक्ष हरि पौडेल, माथादेबी टोल बिकास अध्यक्ष गिता शर्मा लगायतले टोलटोलमा र घरघरमा बालअधिकारको प्रत्याभुतीका लागि सबैले आआफ्नोतर्फबाट सकारात्मक भुमिका खेल्नु पर्ने र सहभागिता जनाउनु पर्ने बताउनुभयो ।

यस्तै गोष्ठीबाट टोलटोलका बाल क्लबका पदाधिकारीहरुको सहभागीतामा चालू आर्थिक बर्षमा बालमैत्री सुचकको पूर्णताको लागि गर्नु पर्ने कार्यक्रम निर्धारण गरिएको समय, बजेटको सीमा लगायतको विषयमा विभिन्न ४ समुह बाल बचाउ, बाल संरक्षण, बाल बिकास र बाल सहभागिताको समुह निर्माण गरि कार्यक्रम र लगानीको सुनिश्चितता गरिएको छ । गोष्ठी मार्फत उक्त लगानी सम्बन्धी अन्तिम खाका आगामी असोज ७ गते वडा कार्यालयमा बालमैत्री वडा समितिको बैठकबाट थप छलफल गरि पारित गर्ने सोही अनुसार बालमैत्री अभियान संचालन गर्ने योजना रहेको वडाध्यक्ष गाणेश डुम्रेले जानकारी दिनुभयो ।

बालमैत्री राष्ट्रिय अभियान्ता शर्मिला पौडेलले गोष्ठीको सहजिकरण गर्दै बालबालिकाको पढ्ने, खेल्ने, रमाउने र उनीहरुकै शैलिको बालमैत्री ब्यवस्था हरेक घरघर र टोलटोलमा हुनु पर्ने विषयमा बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा पुर्व नगर बाल संजालकी अध्यक्ष बबिता भट्टराई, नवीन लुइँटेल, बालमैत्री तथ्यांक संकलक हिरा भण्डारी लगायतले नमुना बालमैत्री घर, समाज हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

 

 
 
  
 

You may also like