प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाको भेट

by समतल अनलाइन

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छन् ।

मङ्गलबार राष्ट्रसंघका लागि अतिकम विकसित देशहरू तथा भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री दाहालसँग भेट गरेकी हुन् ।

न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकशित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

 
 
  
 

You may also like