एभरेष्टमा तीज गीत प्रतियोगिता सम्पन्न

by समतल अनलाइन

बुटवल । बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट माविमा नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको सु–अवसरमा अन्तर सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता ५ चरणमा सम्पन्न भएको छ ।

जसअन्र्तगत कक्षा ४ र ५ को समूहबाट रेड हाउस प्रथम, ब्लु हाउस द्वितीय, कक्षा ६, ७ र ८ को समूहबाट ब्लु हाउस प्रथम, एल्लो हाउस द्वितीय र कक्षा ९ र १० को समूहबाट रेड हाउस प्रथम, एल्लो हाउस ले द्वितीय स्थान प्राप्त गरेका छन् । त्यसैगरी कक्षा ११ र १२ को व्यवस्थापन समूहतर्फ अन्नपूर्ण हाउस प्रथम, धवलागिरि हाउस द्वितीय र विज्ञान समूहतर्फ सगरमाथा हाउस प्रथम तथा अन्नपूर्ण हाउसले द्वितीय स्थान प्राप्त गरेका छन् ।

विद्यालयका सह–प्राचार्य भीमसेन गौतमको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, उप–प्राचार्य उमेश रेग्मीको स्वागत मन्तव्य तथा उप–प्राचार्य एवम् तहगत संयोजकहरुको आतिथ्यमा सम्पन्न कार्यक्रममा विजयी समूहलाई प्राचार्य न्यौपानेले तीजको शुभकामना दिनुहँुदै विद्यालयले आयोजन गर्ने सबै कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

शिक्षक बालकृष्ण पाण्डे, नृत्य शिक्षक मदन नेपाली, र सृष्टि सिर्पालीको निर्णायाकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन निमावि तह संयोजक सरस्वती पाण्डेय तथा विद्यार्थीद्वय विदुषी गौतम र विधाता थापाले गर्नुभएको थियो ।

 
 
  
 

You may also like