होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ रुपन्देही कञ्चन शाखाको तिज मिलन कार्यक्रम

by समतल अनलाइन

कञ्चन । होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ, रुपन्देही कञ्चन शाखाको तिज मिलन कार्यक्रम पर्यटकिय स्थल दानापुरमा सम्पन्न भएको छ।
तिज मिलन कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले महिलाहरुको महानपर्वको रुपमा मनाइने हरितालिका तिज उत्पिडनमा परेका महिलाहरुले गितको माध्यमबाट पिर र वेदना ब्यक्त गर्ने पर्व भएको बताउनु भयो। कुनै पनि संघसंस्था वा व्यक्तिहरुको बलियो शक्ती भनेको संगठन भएको हुँदा संगठनलाई बलियो र एकिकृत गर्नु पर्ने अध्यक्ष ढकालले बताउनु भयो। पेशागत व्यबसायहरुको संरक्षण र प्रव्द्र्धन गर्न संगठनको आवस्यक पर्ने उल्लेख गर्दै आर्थिक मन्दीका कारण धरासयी बनेका पेशा व्यवसायलाई पुनरजागित गर्न राज्यले नीति बनाउनु पर्ने बताउनु भयो।

यसैगरी होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ, रुपन्देही रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले कोरोना पछि आएको आर्थिक मन्दीका कारण प्राय पेशा र ब्यवसायहरु बन्द भइरहेको अवस्थामा दोहोरो कर प्रणालीका कारण ब्यवसायीहरु मारमा परिरहेको बताउनु भयो। स्थानीय तहलाई कर तिर्नु पर्छ तर करको दायरालाई फराकिलो बनाएर गाउपालिकाले न्युनतम शुल्क निर्धारण गरी सबैलाई पालिकामा सुचिकृत हुनुपर्छ भन्ने सकारात्मक सोंचको बिकास गर्न जरुरी रहेको संघका अध्यक्ष भण्डारीले बताउनु भयो।

कार्यक्रममा प्राइम इन्टरनेशनलका प्रतिनीधि रजत श्रेष्ठ र याक ब्रुअरीका लुम्बिनी प्रदेश प्रमुख प्रितम गिरीले स्थानीय तहले करमात्र असुल गर्नेमात्र नभई स्थानीय तहमा भएको पर्यटकिय स्थलहरुलाई ब्यबस्थित गरेर त्यहाँको ब्यापार ब्यबसाय बढाएर व्यबसायीहरुलाई नियमित कर तिर्ने वातावरण सृजना गर्नु पर्नेमा जोड दिनु भएको थियो।

होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ, रुपन्देही कञ्चन शाखाका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका दानमाया थापाले स्वागत गर्नु भएको थियो भने प्रेम सिंह रानाले संचालन गर्नु भएको थियो। कञ्चनमा १०० भन्दा बढी होटल तथा रेष्टुरेण्ट व्यबसायीहरु रहेका छन।

 
 
  
 

You may also like