खुकुरी प्रहार गर्दैमा कांग्रेस सकिँदैन, भ्रम त्यागे हुन्छ : रमेश लेखक

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्दैमा कांग्रेस नसकिने बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक लेखकले सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेर कांग्रेस सकिने कसैलाई लागेको भए त्यो भ्रम हुने बताए ।

‘खुकुरी प्रहार गरेर कांग्रेस सकिँदैन । कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित ढंगले उभिएको पर्वत हो । खुकुरी प्रहार गरेर कांग्रेस सिध्याउँछु भन्नु र टाउकोले हिर्काएर पर्वत खसाल्छु भन्नु एउटै हो,’ उनले भने । राणा, राजा, पञ्चायतले टाउको जुधाउँदा पनि कांग्रेस अविचलित भएर उभिएको उनले बताए । कांग्रेस, एमाले, माओवादीजस्ता पुराना दलहरू खराब छन्, उनीहरूले निकास दिन सक्दैनन् भन्ने कृत्रिम भाष्य बनाइएको उनले बताए ।

श्याम सापकोटाको हातमा खुकुरी थमाइदिएको प्रवृत्ति हो भने त्यो को हो भनेर उनले प्रश्न गरे । ‘श्यामबहादुर सापकोटाको हातमा खुकुरी देखिएको छ । यो देखिएको कुरा छ । श्यामबहादुरकै हातमा हो त्यो खुकुरी ? कि श्यामबहादुरको हातमा कसले पुर्‍याएको छ ? त्यो खुकुरीको लक्ष्य हाम्रो नेता महेन्द्र यादव मात्र हो कि अर्को पनि छ । त्यो प्रवृत्ति को हो ?,’ उनले प्रश्न गरे ।

 
 
  
 

You may also like