भगवती जात्राका अवसरमा तानसेन जाने आउने बसमा ५० प्रतिशत बसभाडा छुट

by समतल अनलाइन

बुटवल । पाल्पाको ऐतिहासिक भगवती जात्राका अवसरमा भोली भदौ २१ गते बुधबारका दिन बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बसभाडा
छुट हुने भएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रालिको बैठकले नेपाल
अंग्रेज युद्धमा बिजय हासिल गरेको सम्झनामा तानसेनमा प्रदर्शन गरिने
भगवती जात्राका अवसरमा ५० प्रतिशत भाडा छुटदिने निर्णय गरेको हो ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालिबाट संचालित यात्रुबहाक बसमा
बसपार्कस्थित काउन्टर र अन्य बुकिङ्ग काउन्टरबाट टिकट काटेमा मात्र सो
सुबिधा प्राप्त हुने जनाइएको छ । प्रालिका अनुसार बुटवलदेखि सिधा तानसेन
र तानसेनदेखि सिधा बुटवल आउने जाने दुबैतर्फबाट यात्रुहरुका लागि सो
सुबिधा प्राप्त हुने प्रालिद्वारा प्रकासित सुचनामा उल्लेख छ ।
सन.१८७१ देखि १८७३ सम्म बुटवलको जीतगढीमा भएको नेपाल अंग्रेज युद्धमा
नेपाली सेनाले बहादुरी र चतुराईंपुर्वक प्रतिकार गर्दै ब्रिटिश सेनामाथि
बिजय हासिल गरेको थियो । सो युद्ध र बिजय हासिल गरेको दिनको सम्झनामा
तानसेनमा प्रदर्शन गरिने रणउजेश्वरी भगवती रथयात्राको सम्मान स्वरुप
बसभाडामा ५० प्रतिशत छुट दिइएको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले
जनाएको छ ।
प्रालिका प्रबन्ध संचालक रामचन्द्र भुसालद्वारा प्रकासित सुचनाका अनुसार
बुटवलबाट पाल्पाको तानसेन जाने र तानसेनबाट बुटवल आउने यात्रुले
बसपार्कस्थित टिकट काउन्टरबाट टिकट काटेमा ५० प्रतिशत छुट दिने निर्णय
गरिएको छ । बसपार्कस्थित काउन्टरबाट टिकट नकाट्ने यात्रुले भने सो सुबिधा
प्राप्त गर्न नसक्ने जानकारी गराउदै प्रबन्धक भुसालले आन्तरिक पर्यटन
प्रबद्र्धनमा टेवा पुगोस भन्ने उद्देश्यले सो निर्णय गरिएको बताए ।

 
 
  
 

You may also like