अक्षर एकेडेमीमा कृष्णलिला नाटक मञ्चन

by समतल अनलाइन

बुटवल । बुटवल–२ जितगढीपथमा रहेको अक्षर एकेडेमी स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णलिला चरित्र प्रदर्शन गरेको छ । द्वापरयुगमा जन्मलिएर आफ्नो लिलाबाट मानवलाई अचम्वित पारेका कृष्णको जन्म, बाल्यकाल र उनले विताएको युवापुस्तासम्मको जीवनीका बारेमा विद्यार्थीहरुले नाटकका माध्यमले कृष्णलिला मञ्चन गरेका थिए । कक्षा नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरुले राधाकृष्ण, बलराम, कङ्श, पुतना लगायतका पात्रहरुको अभिनय गरेर नाटक मञ्चन गरेको विद्यालयका प्रधानाध्यापक रुपा श्रेष्ठ पाठकले जानकारी दिनुभयो ।

झण्डै ८० विद्यार्थीहरु सहभागि भई मञ्चन गरेको कृष्णलिला नाटकमा देवकी, बासुदेव र यशोधराको भुमिकालाई पनि विद्यार्थीहरुले नाटकीय भुमिकामा प्रस्तुत गरेका थिए । बदलिदो परिभेष र आधुनिक जीवनशैलीका कारण आफ्नो धर्मसँस्कृतीलाई विर्सिदै गएकाले विद्यार्थी तथा अभिभावकमा धर्म संस्कृती र चाडपर्वका बारेमा जानकारी गराउने उद्देश्यले विद्यार्थीका माध्यमले कृष्णलिला चरित्र प्रदर्शन कार्यक्रम गरिएको प्रअ पाठकले बताउनुभयो । नाटक मञ्चन कार्यक्रमको अतिरिक्त कृयाकलाप प्रमुख शिक्षक प्रतिमा राना र विमला भण्डारी लगायतले सहजिकरण गर्नु भएको थियो ।

यसैबीच यता बुटवल–११ कालिकापथमा रहेको अक्षर एकेडेमी सेक्टर बीमा पनि विद्यार्थीहरुले श्रीकृष्ण जन्माष्टमीका बारेमा आआफ्नो प्रस्तुती देखाएका छन् । विद्यार्थीहरुले राधाकृष्ण लगायतका पात्रहरु बनेर विभिन्न अभिनय सहित कृष्णजन्माष्टमीको नाटक मञ्चन गरेको विद्यालयका एकेडेमीक डाइरेक्टर मेरिना बर्मालले जानकारी दिनुभयो । सो अवसरका हिन्दुधर्म र हिन्दुधर्ममा कृष्णलिलाको महत्वका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको बर्माले बताउनुभयो ।

 
 
  
 

You may also like