वृजको एक्सपर्ट मेसन क्लब योजना

by समतल अनलाइन

भैरहवा । वृज सिमेन्ट इ.प्रा.लि.ले निर्माण व्यवसायीसंग भैरहवामा एक्सपर्ट मिट कार्यक्रम गरेको छ । कम्पनीले ल्याएको एक्सपर्ट क्लब योजना बारे जानकारी दिन उक्त कार्यक्रम गरेको जनाएको छ ।

वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. अन्तर्गतका कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा पर्ने सक्नेछन् । वृज  पि.पि.सि.÷ओ.पि.सि.÷पि.एस.सि. एक बोरा सिमेन्टको खरीदमा ४ अंक प्राप्त गरी विभिन्न उपहारहरु पाउन सकिने कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेलले बताए ।
जसअन्तर्गत १७०० प्वाइन्ट्समा सेफ्टी टुल्स किट, ४ हजार ४ प्वाइन्ट्समा ग्राइन्डर वा भाइब्रेटर, ८ हजार ४ प्वाइन्ट्समा भ्याकुम क्लिनर, १६ हजार प्वाइन्टस्मा मोबाइल, ३२ हजार ४ प्वाइन्ट्समा ३२ इञ्च टेलिभिजन, ४८ हजार ४ प्वाइन्ट्समा थाइल्याण्ड भ्रमण र ६० हजार ४ प्वाइन्ट्समा दुवई भ्रमण उपहार रहेको वृज सिमेन्ट प्रा.लि.का महाप्रबन्धक रवि रञ्जनले जानकारी दिए ।

१७०० प्वाइन्ट्सको लागि ४ सय २५ बोरा, ४ हजार ४ प्वाइन्ट्सको लागि १ हजार १ बोरा, ८ हजार ४ प्वाइन्ट्सको लागि २ हजार १ बोरा, १६ हजार प्वाइन्टस्को लागि ४ हजार १ बोरा, ३२ हजार ४ प्वाइन्ट्सको लागि ८ हजार १ बोरा, ४८ हजार ४ प्वाइन्ट्सको लागि १२ हजार १ बोरा र ६० हजार ४ प्वाइन्ट्सका लागि १५ हजार १ बोरा खरीद गर्नुपर्ने कम्पनीले जनाएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले सिमेन्टमा मुलुक आत्मनिर्भर बन्दै जानु महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा एरिया सेल्स म्यानेजर भोजराज घिमिरेको स्वागत र कम्पनीको प्रोजेक्ट म्यानेजर दिपक क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like