देशका थोरै स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज (शुक्रबार) दिउँसो देशभर आंशिक रण्देखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भूûभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति भने कोशी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like