कञ्चनमा एम।सी।सी सम्झौता बिरुद्ध मसाल जुलुस

by समतल अनलाइन

कञ्चन । नपाल कम्युनिष्ट पार्टी ९मशाल० र क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपालले संयुक्त रुपमा एम।सी।सी। सम्झौता बिरुद्धको मसाल जुलुस गरेका छन। मसाल जुलुस पछि हरैया बजारमा भएको कोणसभामा बोल्ने वक्ताले एम।सी।सी। सम्झौता कुनै अनुदान नभई साम्राज्यवादी अमेरिकाको लगानी भएको र यसको कुनैपनि हालतमा कार्यान्वयन गर्न नहुने बताएका छन।
अमिरिकी साम्राज्यवाद मुर्दावाद, देशघाती एम।सी।सी। सम्झौता खारेज गर, बिदेशी दलाल मुर्दाबाद जस्ता नारा लगाउदै भएको मसाल जुलुस हरैया बजारमा पुगर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेकपा ९मसाल० रुपन्देहीका सदस्य दीपक पौडेलले अमिरिकी लगानी भएको एम।सि।सि कुनै अनुदान र सहयोग नभई अमिरिकी सेना भित्र्याएर चिनमाथीको सैनिक आक्रमण ट्रान्जित पोइन्ट बनाउन भएको लगानी नै एम।सि।सि सम्झौता भएको उल्लेख गर्नु भयो।
नेता पौडेलले दुई ठूला शक्तीहरु अमिरिका र चिन बिचको द्वण्दको चपेटामा पार्नका लागि एम।सि।सि। सम्झौता मार्फत अमिरिकाले लगानी गरेको बताउनु भयो। नेपालका सबै शासक दलहरु अमिरिकी साम्राज्यवादीको दलाली गरेर देश र जनताको बिरुद्ध जनताकै संसद भवनबाट एकमतले एम।सि।सि सम्झौता पास गरेको समेत नेता पौडेलले बताउनु भयो।
प्रहरी प्रशासनले मसाल निभाएर कोणसभा बिथोल्ने प्रयास गरेको र त्यसको बिरुद्ध नेता पौडेलले शासक दलको ईसारामा जनताले देशघाती बिभिन्न सम्झौताहरुका बिरुद्ध नारा जुलुस गर्न र बोल्न पाउने मौलिक हकलाई कुण्ठित पार्ने जनबिरोधी सरकार र प्रहरी प्रशासनको भ्रत्सर्ना र निन्दा गर्नु भएको थियो।
कार्यक्रममा नेकपा ९९मशाल० र क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपालका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

 
 
  
 

You may also like