काठमाडौंपछि बुटवलमा पहिलो पटक एडि इन्टरनेशनल एजुकेशनको शुभारम्भ

by समतल अनलाइन

बुटवल । एडि इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी बुटवलमा शाखा विस्तार भएको छ।

काठमाडौंको बागबजारमा रहेको एडि इन्टरनेशनल एजुकेशन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ताले सोमबार बुटवल मिलनचोकमा उद्घाटन गरेका हुन।

विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्ष्यित गरि बुटवल मिलनचोक शाखा विस्तार गरिएको हो।

वैदेशिक अध्ययन गर्नको लागि यु.के., यु.एस.ए., क्यानडा, अष्ट्रेलिया र डेनमार्कको लागि परामर्श सेवा प्रदान गर्नेगरी काठमाण्डौमा २०७७ सालमा स्थापना भएको हो।

लुम्बिनी प्रदेशका सामाजिक मन्त्री सिके गुप्ताले वैदेशिक शिक्षाको लागि गएका युवाहरुलाई स्वदेशमा फर्किएर देशको विकासमा जुट्न आग्रह गरेका छन । उनले शिक्षाको लागि विदेश गएका युवाहरु उतै पलायन हुने प्रबृत्तिका कारण देशको विकास हुन नसकेको बताउँदै त्यहा पाएको शिक्षा नेपालमा आएर प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए। उनले शिक्षालाई सबै नागरिकको पहुँचमा पुर्याउनको लागि लुम्बिनी प्रदेश सरकार निरन्तर लागि परेको बताएका छ्न । मन्त्री गुप्ताले अव छिटै संघीय शिक्षा ऐन आउन लागेको र त्यसपछि प्रदेशले पनि प्रदेश शिक्षा ऐन ल्याउने जानकारी गराए । प्रदेश सरकारले दुई लाख युवालाई रोजगारीमा जोड्नको लागि ४ अर्व बजेट छुट्याएको जानकारी गराउँदै यो कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि सबैको साथ सहयोगको लागि आग्रह गरेका छन ।

एडि इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक दीपक लामिछानेले कन्सल्टेन्सी स्थापना पछि सयौंको संख्यामा विद्यार्थीलाई वैदेशिक शिक्षाको लागि विभिन्न देशमा पठाएको बताउँदै अब नेपाललाई पनि शैक्षिक गन्तव्य बनाउनको लागि पहल भईरहेको जानकारी गराए । उनले बुद्धिजम लगायतका विषयमा नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिने बताउँदै त्यस विषयमा पहल भईरहेको र निकट भविश्यमा यसले सार्थकता पाउने विश्वास ब्यक्त गरेका छन ।उनले लुम्बिनी बुटवलसंग अरु प्रदेशमा पनि शाखा विस्तार गरिने जानकारी गराए ।

त्यस्तै एडि इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी बुटवल शाखाका प्रवन्धक कृष्ण पाण्डेले विधि प्रकृया पुरा गरेर पारदर्शी रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पछिल्लो सयममा कलेजमा भन्दा पनि कन्सल्टेन्सीमा विद्यार्थीको चाप बढी देखिएको बताउँदै वैदेशिक शिक्षाको लागि जाने विद्यार्थीले उहाँ पढेका र सिकेका सीपलाई नेपालमा आएर प्रयोग गर्न सुझाव दिए।

 
 
  
 

You may also like