हरियाली यातायात प्रालिको अध्यक्षमा तिवारी

by समतल अनलाइन

बुटवल । हरियाली यातायात प्रालि बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र अर्याल, उपाध्यक्षमा दिनेश भण्डारी, सचिवमा सुमन रायमाझी र कोषाध्यक्षमा यज्ञप्रसाद गैरे रहेका छन । यस्तैगरी सदस्यहरुमा दानबहादुर खत्री, नारायण न्यौपाने, छविलाल रेग्मी, लिला क्षेत्री र सुशीला अर्याल रहेका छन ।

यस्तै एक जना सदस्य पछि मनोनयन गरिने अध्यक्ष तिवारीले जानकारी दिए । हरियाली बुटवलको पुरानो ई–रिक्साहरू आबद्ध गैरनाफामुखी संस्था हो ।

 
 
  
 

You may also like