सिद्वार्थमा एमविएस दोस्रो बर्षमा नेपाल प्रथम र तृतीय विद्यार्थीसहित कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान

by समतल अनलाइन

बुटवल । बुटवल हाटबजार स्थित सिद्वार्थ गौतम बुद्ध क्याम्पसले कक्षा १२ मा उत्तीर्ण विद्यार्थी र एमविएस दोस्रो सेमेष्टरमा नेपाल प्रथम र तृतीय विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

शनिवार क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा एमविएस दोश्रो बर्षमा ३.९० जिपिए ल्याई नेपाल प्रथम भएकी पुजा थापा र ३.८८ जिपिए ल्याई नेपाल तृतीय भएकी रिता श्रेष्ठ सहित एमविएस दोस्रो बर्ष र कक्षा १२ उत्कृष्ट अँक ल्याई उत्तीर्ण भएका विद्यार्थीहरुलाई टीका,खादा र मायाको चिनोले सम्मान गरिएको छ ।

क्याम्पसका अध्यक्ष निर्मल लाकौलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख बिष्णुप्रसाद राना,सहायक क्याम्पस प्रमुख रमेश पाण्डे,मनोज मरासिनी, बिभागिय प्रमुखहरु टीकाराम घिमिरे,रामनाथ उपाध्याय,कृष्णप्रसाद खनाल,एमबिएस दोस्रो सेमेष्टरमा नेपाल प्रथम हुने पुजा थापा क्षेत्री लगायतले बोल्दै यसक्षेत्रकै नमुना क्याम्पसलाइ शैक्षिक क्षेत्रमा सधै अब्बल बनाउन सबै लाग्नुपर्ने बताएका थिए ।

सो अबसरमा बोल्दै अध्यक्ष लाकौलले बिद्यार्थीको उच्च शिक्षाको थप सफलताको शुभकामना दिदै सबैका लागि शिक्षा दिन सक्ने क्याम्पस रोज्नुपर्ने धारणा राख्नुभयो ।

क्याम्पस प्रमुख बिष्णुप्रसाद रानाले सबैको योगदानका कारण अहिलेको नतिजा आएको स्मरण गर्नुभयो । सहायक क्याम्पस प्रमुख रमेश पाण्डेले गुणस्तरीय शिक्षाकै कारण अहिलेको बजारमा क्याम्पसका पूर्व बिद्यार्थीहरुले बिभिन्न क्षेत्रको नेतृत्व गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्नातक तहमा अध्यापन गराउने प्राध्यापकहरूलाइ समेत टीका खादाले सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like