नयाँ शिक्षण विधिको प्रयोग र उपयोगिता सन्दर्भमा एकदिने प्रशिक्षण

by समतल अनलाइन

बुटवल ।अध्यापनमा नयाँ शिक्षण विधिको प्रयोग र उपयोगिता एवम आदर्श सिकाईका अभ्यासहरुमा प्रशिक्षित गराउदै शिक्षण विधिमा बौद्द्दिकताको ढाचा सन्दर्भमा एकदिने प्रशिक्षण कार्यक्रम एम्स कलेज, बुटवलको समन्वयमा सम्पन्न भएको छ ।

कार्यक्रमा प्रशिक्षण गराउदै विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व सहायक डिन दिनेशमणी धिमिरेले नयाँ शिक्षण विधिको प्रयोग, कक्षा कोठा बाहिरका सिकाई अभ्यास, शिक्षामा ब्यवहारिकाता सम्बन्धमा प्रशिक्षण गराउनु भएको थियो । त्यसैगरी व्यवस्थापन केन्द्रिय विभागका सह प्राध्यापक डा. मनोज कुमार चौधरीले सकृय सिकाईका गतिविधिहरु एवम रणनितिहरुका बहुआयामिक पक्षमा प्रशिक्षण गराउनु भएको थियो । कार्यक्रमा सहभागिहरुले अध्यापनको क्रममा आफुले भोगेका अनुभवहरु प्रस्तुत गर्नु भएका थिए ।

बुटवल वरिपरिका २५ वटा +२ र कलेजामा अध्यापन्रत शिक्षक र प्राद्यापकहरुको सभभागिता रहेको कार्यक्रमको सम्योजन एवम सन्चालन एम्स कलेज्, बुटवलका क्याम्पस प्रमुख दीपाक ढकालले गर्नु भएको थियो ।

 
 
  
 

You may also like