तिलोत्तमा नगरपालिकाको बार्षिक समिक्षा

by समतल अनलाइन

तिलोत्तमा। तिलोत्तमा नगरपालिका,रुपन्देहीले आर्थिक बर्ष ०७९/०८० को नीति,योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरले तिलोत्तमाको आफ्नै सभाहलमा आयोजना गरेको समिक्षा कार्यक्रममा नगर कार्यपालिकाका सदस्य, बिषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरू, वडाकार्यालयका प्रमुख तथा प्रतिनिधिहरुबाट वार्षिक प्रगति प्रस्तुत गरिएको थियो।

सो समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाको समग्र बिकासका लागि कर्मचारी र जनप्रतिनिधी मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो। उहाँले एक साइकलका दुई पाङ्ग्रा बनेका कर्मचारी र जनप्रतिनिधिले जनताको सेवकको रुपमा छिटो छरितो, बिश्वशनिय तरिकाले समयमै कार्य सम्पादन गरेमा मात्र जनप्रतिनिधीको चाहना र देशको समृद्धिको खुड्किलो पुराहुने कुरा बताउनुभयो। सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले कर्मचारीले कुनै पनि बिलम्ब नगरी जनताको सेवामा कुनै कसर बाँकी नराखी छिटो छरितो र स्तरिय सेवा दिन र हरेक योजना र बिकास निर्माणका कार्य सम्पादन समयमै गर्नु पर्ने जिकिर गर्नुभयो। उहाँले जनप्रतिनिधी एक्लै र कर्मचारी एक्लैले मात्र चाहेर कुनै पनि काम अगाडी नबढ्ने हुँदा सबैको सल्लाह सुझाव र अग्रसरतामा निश्चित समयमै कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो।

सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरको समृद्धिका लागी सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले नगरका हरेक गतिबिधिलाई बिकाससंग जोड्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो। जनप्रतिनिधि , कर्मचारी , पत्रकारलगायतको प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कार्यालयको समग्र आय व्यय र योजना तथा बिकाश निर्माण र सेवा प्रबाहको अबस्थाबारे बिश्लेषण गरेका थिए। नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रशासन योजना तथा अनुगमन शाखा अधिकृत माधव प्रसाद पोखरेलले गरेका थिए ।

 
 
  
 

You may also like