नमस्ते एकेडेमीद्वारा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई दिक्षान्त

by समतल अनलाइन

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नमस्ते एकेडेमी रुपन्देहीले सत प्रतिशत नतिजा सहित उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई एक भव्य समारोहको आयोजना गरी दिक्षान्त समारोह सम्पन्न गरेको छ ।

विद्यालयका प्राचार्य जिग्मे शेर्पाको अध्यक्षता तथा ब्रिटिस एजुकेशन ग्रुपका अध्यक्ष तथा नमस्ते एकेडेमीका निर्देशक महेन्द्र कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न दिक्षान्त समारोहमा विद्यालयका निर्देशक डिल्लीनारायण पाण्डेय , सञ्चालक श्याम खरेल , डिबि खत्री लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कक्षा १२ शुरु गरेको पहिलो वर्षमै ऐतिहासिक नतिजा ल्याएको नमस्ते एकेडेमी नेपालमै पृथक पहिचान बनाएको प्रिमियम शैक्षिक संस्था हो । दिक्षान्त समारोहमा विद्यालयले कर्मठ शिक्षक , अभिभावकलाई सम्मान गरेको थियो । विज्ञान र व्यवस्थापन संकाय गरी २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १५ जना विद्यार्थीले ३.२१ भन्दा माथि जिपिए , ६ जना विद्यार्थीले २.८१ देखि ३.२० र १ जना विद्यार्थीले २.७८ जिपिए ल्याएका छन् ।

ब्रिटिस कलेज काठमाडौ र युकेकोे व्यवस्थापनमा सञ्चालित नमस्ते एकेडेमीले पहिलो वर्षमै सत प्रतिशत नतिजा ल्याउन सफल भएको हुँदा यो नतिजा जोगाइ राख्न द्यिार्थी निरन्तर रुपमा लागि आगामी शैक्षिक यात्राले नेपलको मुहार फेर्न लगाउनु पर्ने प्रमुख अतिथि कँढेलले भन्नु भयो । बधाई मन्तव्य राख्दै कँढेलले नमस्तेका विद्यार्थीले नतिजामा जस्तै अन्य क्षेत्रमा पनि देश भित्रै पढेर फरक अस्तित्व बनाउनु पर्नेमा जोड दिनु भयो । । विद्यार्थी र शिक्षकको अथक मिहिनेत , अभिभावकको सचेतता र विद्यालयको कुशल व्यवस्थापनको कारण यो ऐतिहासिक नतिजा र गौरव प्राप्त भएको उहाँले बताउनु भयो ।

परम्परागत शैक्षणिक विधिलाई चुनौती दिँदै नयाँ सोँच , चिन्तन र शैक्षणिक गतिविधिलाई अगाडि बढाएको नमस्ते एकेडेमी मोफसलको एक मात्र विद्यार्थी केन्द्रित शिक्षण गर्ने प्रगतिशील शैेक्षिक संस्था हो । कक्षा सञ्चालन गरेको पहिलो वर्षमानै सत प्रतिशत उत्कृट नतिजा ल्याउनुले मोफसल पनि कक्षा एघार बारको लागि शैक्षिक हब भएको प्रमाणित हुन्छ विद्यालयका अभिभावक जुना कुँवरले मन्तव्य राख्दै भन्नु भयो ।

अन्तराष्ट्रिय शिक्षा दिने लक्ष्यका साथ स्थापना गरिएको नमस्ते एकेडेमीले पहिलो वर्षमै सतप्रतिशत नतिजा दिनु रााष्ट्रकै गौरव हो । कक्षा ८ र कक्षा १० को वार्षिक परीक्षामा उत्कृष्टता हासिल गरेको नमस्तेले कक्षा १२ मा पहिलो प्रयासमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । पठन पाठनका साथ साथै विद्यार्थीलाई स्वदेशी र विदेशी शिक्षकबाट गीत , संगीत , स्विमिङ ,फुटसल , कराँते , बास्केटबल लगायत इनोभेसन तथा सृजनात्मक सीपका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

यस वर्ष आफ्नो कोटा अनुसार कक्षा ११ मा विज्ञान र व्यवस्थापन समूहमा २५ ÷ २५ जना विद्यार्थी भर्ना गरिएको र आगामी वर्षमा ए लेभलको तयारी अगाडि बढाइने ब्रिटिस एजुकेशन गु्रपका स्कुल हेड अरुण कँडेलले स्वागत मन्तव्य राख्दै भन्नुभयो ।

अन्तराष्ट्रिय शिक्षा नेपालमानै दिने लक्ष्यका साथ स्थापना गरिएको नमस्ते एकेढेमीले बिस्तारै आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्दै गएको र आगामी दिनमा सम्पूर्ण सेवा , सुविधा र गुणस्तरमा लागि पर्ने बताउँदै पाइला पाइलामा साथ र सहयोग गर्ने सम्पूर्ण अभिभावक , संघ संस्था , शुभेच्छुक र पत्रकारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यही अपेक्षा राखिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले खुशी व्यक्त गर्नुभयो ।

विद्यालयका सह प्राचार्य लिलामणिा पाण्डेको सञ्चालनमा भएको दिक्षान्त समारोहको दिक्षित विद्यार्थीका तर्फबाट अमित कुँवर र दिपिका न्यौपानेले आफ्ना अनुभव बाँड्नु भयो ।

 
 
  
 

You may also like