होराइजन गौतमबुद्ध मा.विद्वारा कक्षा १२ का उत्तीर्ण विद्यार्थी,अभिभावक तथा प्राध्यापकलाई सम्मान

by समतल अनलाइन

बुटवल।होराइजन कलेज, होराइजन गौतमबुद्ध मा.वि तिलोत्तमाले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी तथा अभिभावकहरूलाई एक समारोहका साथ सम्मान गरेको छ ।

विज्ञान तथा व्यवस्थापन संकाय गरी जम्मा ५३९ जना विद्यार्थीहरु सहभागि भएकोमा ६ जना विद्यार्थीले ३.८ जिपिए ४९ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि ल्याएका छन्। जम्मा विद्यार्थीहरुमध्ये ९०.१२ प्रतिशत रिजल्ट ल्याउन होराइजन गौतमबुद्ध मावि सफल भएको छ । सम्मान तथा बधाई ज्ञापन समारोह विद्यालय व्यवस्थापन समिति सदस्य बासुदेव अर्यालको अध्यक्षता, तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको प्रमुख आतिथ्यता, होराइजन कलेजका संस्थाका प्राचार्य लोकनाथ उपाध्यय, बुटवल मोडल कलेजका क्याम्पस प्रमुख नेत्र बस्याल, क्षितिज इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख डा. सूर्य राना, कलेज ब्यबस्थापन समिति अध्यक्ष निर्मल लाकाैल, होराइजन गौतमबुद्ध कलेजका सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल, डा.तारानाथ भट्टराई, प्रदिप अर्याल ,रुद्र भुसाल, डा.मुराही पराजुली, प्रकाश पौडेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा उत्कृष्ट रिजल्ट ल्याउन सफल विद्यार्थी तथा अभिभावकहरुलाई खादा अबिर तथा करुवा प्रदान गरी सम्मान गरिएको थियो।
सम्मान कार्यक्रममा लेखा विषयमा ७१ जना विद्यार्थीलाई जिपिए ४ ल्याउन योगदान पु-याउने ४ जना प्राध्यापकहरुलाई समेत करूवा प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा बाेल्दै क्षितिज कलेजका क्याम्पस प्रमुख डा.सूर्य रानाले सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई बधाई ज्ञापन गरी स्नातक तह पढनको लागि बाहिर जानु नपर्ने बताउँदै क्षितिज कलेज नेपालमै उत्कृष्ट रहेको हुँदा स्वागत गर्न आतुर रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलाेत्तमा नगरपालिका शिक्षाशाखा प्रमुख गंगाराम आचार्यले गौतमबुद्ध मा.वि पहिलेदेखिने उत्कृष्ट रहेको हुँदा कक्षा १२ को रिजल्टले थप प्रमाणित गरेको बताउनुभयो । फरक प्रसङ्गमा कुरा गर्दै आचार्यले अहिले स्नातक तह पढन बाहिर जाने विद्यार्थीकाे सङ्ख्या बढेको हुँदा यसलाई रोक्नुपर्नेमा सरकार गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो ।

साथै स्नातक तहको लागि बुटवल मोडल कलेज तथा क्षितिज इन्टरनेशनल कलेज उत्कृष्ट रहेको बताउनुभयो । उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई होराइजन गौतमबुद्ध मा. वि का प्राचार्य गोपाल प्रसाद आचार्यले स्वागत गर्नुभएको थियो भने प्राध्यापक डा.नारायण पन्थले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

 
 
  
 

You may also like