सिमा अतिक्रमणका विरुद्धमा अनेरास्वावियु र राष्ट्रिय युवा संघ नेपाल द्वारा कपिलवस्तुमा  बाईक र्यालि

by समतल अनलाइन

कपिलवस्तु । भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाउदै अनेरास्वावियु र राष्ट्रिय युवा संघ नेपाल बुद्धभूमिले बाईक र्यालि निकाली सडकमा उत्रिएको छ । भारतिय विस्तारवाद मुर्दावाद, सिमा मिच्न पाईदैन् ,लिपु लेख हाम्रो हो ,कालापानी हाम्रो हो , ‘गो ब्याक इन्डिया’ जस्ता नारा सहित बाईर्क याली निकालिएको अनेरास्ववियुका केन्द्रिय सदस्य टुकलाल गैरेले जानकारी दिएका छन ।

बुद्धभुमि नगरपलिका २ गौतम बुद्ध क्याम्पसबाट शुरु भएको र्यालि बुद्धभुमी नगरपालिका १, ३ , ४ , ९ र १०
नगरपरिक्रममा गरि सदरमुकाम तौलिहवामा गएर जिल्ला प्रशासन कार्यालय अगाडि कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै बिकास आचार्य ,नरहरी भट्राई देबी बेल्बासे , मोहन केवट लगाएतले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।  भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी लगाएतका क्षेत्रलाई आफ्नो नक्सामा प्रकाशीत गरेको विरोधमा कपिलवस्तुका विभिन्न ठाउँमा प्रदर्शन चलिरहेको छ । भारतीय नयाँ नक्साप्रति सामाजिक सञ्जालमा पनि बिरोध भइरहेको छ  ।

भारतले नेपालको भूभाग आफ्नो भएको दाबी सहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानीलाई पहिलेझैँ आफ्नै भूभागभित्र पारेपछि देशैभर आन्दोलन चर्किएको छ । गएको शनिबार भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । नयाँ नक्सामा दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले समेटेको छ ।

 
 
  
 

You may also like