मुगु जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

by समतल अनलाइन

मुगु । मुगु जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् । यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन् ।

गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका पाँच जना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ । सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नम्बरको बोलेरो जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जीप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

 
 
  
 

You may also like