नारायणी नदीको जल सतह सतर्कता तह माथि, तटीय क्षेत्रमा सचेत रहन आग्रह

चितवन । नारायणी नदीले चितवनस्थित मापन केन्द्रमा सतर्कता बिन्दु पार गरेको छ । जल मापन केन्द्र देवघाटकाअनुसार नदीले मंगलबार साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो ।

देवघाटको जल मापन केन्द्रकाअनुसार नारायणीमा ७ दशमलव ३९ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव ३ मिटर पानीको सहत पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापद केन्द्रले जनाएको छ । नारायणीको जल मापन केन्द्रमा पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ ।

पानीको सहत निरन्तर बढ्दै गएपछि तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । नारायणी जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको छ । अझै वर्षा हुने मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ । विभागले चितवन र नवलपरासीको तटीय क्षेत्रबासीले बुधबारसम्म उच्च सतर्कता अपनाउन पनि विभागले सबैलाई आग्रह गरेको छ ।

 
 
  
 

You may also like