कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १० पैसा र बिक्री दर १३२ रूपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ९५ पैसा र बिक्री दर १४५ रूपैयाँ ६१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १६ पैसा र बिक्री दर १६८ रूपैयाँ ९३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like