कांग्रेस रुपन्देहीले सुुरु गर्यो बिषेश आन्तरिक अभियान

भैरहवा ।नेपाली कांग्रेस रुपन्देहीले पार्टीको १० दिने बिषेश अन्तरिक अभियान सुुरु गरेको छ । पार्टीको केन्द्रीय समीतीको निर्णय अनुुसार जिल्लामा पनि बिषेश आन्तरिक अभियान सुुरु गरीएको हो ।

पार्टीका अन्तरिक कमीकमजोरी पत्ता लगाई त्यसको सुधार गर्दै पार्टीलाई एककाईसौ सताब्दिको गतिशिल, चलायमान, सवल एवं सक्षम बनाउने उदेश्यले आन्तरिक अभियान सुुरु गरीएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । उनका अनुसार अभियानका लागी केन्द्रीय समितीबाट केन्द्रीय सदस्य पुुस्पा भुुसाल, प्रदेश समितीबाट गुल्मीका पुर्व पार्टी सभापति त्रिलोकी प्रताव सिहं प्रतिनीधीको रुपमा खटीएका छन् । प्रतिनीधीहरुले अभीयानको उदेश्यबारे जिल्लालाई जानकारी गराएका थिए । त्यसको साथै मंगलवार बसेको जिल्ला कार्य समीतीको बैठकले पनि क्षेत्र र स्थानीय तहमा जिल्लाबाट प्रतिनीधी खटाउने निर्णय गरेको छ । केन्द्र र प्रदेश प्रतिनिधीको उपस्थितीमा यहि साउन २५ गते क्षेत्र नं १, २६ गते क्षेत्र नं २, २८ गते क्षेत्र नं ३, २९ गते क्षेत्र नं ४ र ३० गते क्षेत्र नं ५ मा क्षेत्रीय एवं प्रदेश समितीसगं कार्यक्रम हुने छ । जिल्ला बाट खटीएका प्रतिनधिीहरुले पालीका समितीसगं समन्वय गरेर यहि बिचमा कार्यक्रम गर्ने र साउन ३२ गते अभियानको औपचारी समापन गरीने सचिव हरि काफ्लेले जानकारी दिए ।

उनका अनुसार जिल्लाले पनि क्षेत्र नं १ मा कोषाध्यक्ष हरि प्रशाद अर्याल, क्षेत्र नं २ मा सह सचिव वासुदेव रिमाल, ३ मा सचिव हरी काफ्ले, ४ मा सहसचिव बिष्णु थापा र क्षेत्र नं ५ मा सचिव परमानन्द भट्टराईलाई खटाएको छ । त्यस्तै जिल्ला सदस्यहरुलाई स्थानीय तहमा खटाईएको छ । देवदह नगरपालीकामा राजकुमार काफ्ले, तिलोत्तमामा सिता पोख्रेल, ओम सतियामा मोहम्द सलिम खाँन, रोहीणीमा तिलक ज्ञवाली, बुुटवलमा खिम क्षेत्री, शैनामैनामा सुनिता चौधरी, सिद्धार्थनगरमा हरिकला पाण्डे, सियारीमा कविता लम्साल, सुद्धोधनमा तारा चौधरी, मायादेविमा शुुष्मा हमाल, कोटहीमाईमा प्रीयङका शाही, मर्चवारीमा डिल बहादुुर चौधरी, सम्मरीमाईमा प्रकाश गुुप्ता, लुम्विनीमा जिवन बन्दुु तिवारी, गैडहवामा रुद्रमान चौधरीलाई खटाएको छ ।

 
 
  
 

You may also like