गैडहवामा स्थास्थ्यबिमा सम्बन्धी समिती गठन तथा अभिमुखिकरण

बुटवल ।रुपन्देहीको गैडहवा गाउपालीकामा स्वास्थ्य बिमा सम्बन्धि समिती गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार सम्पन्न कार्यक्रममा गाउपालीका अध्यक्ष सुरेन्द्र पौडेलको संयोजकत्वमा स्वास्थ्य बिमा सम्बन्धि समिती गठन भएको हो ।

कार्यक्रममा राष्ट्रिय बिमा बोर्डका लुम्बिनी प्रदेश संयोजक जनकबहादुर साउद, जिल्ला संयोजक दिपकमणि पौडेल लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउपालीका प्रमुख सुरेन्द्र पौडेलले गाउपालीका भित्र स्थास्थ्य बिमा सम्बन्धि कार्यक्रमलाइ प्रभाबकारी बनाउने भन्दै पालीकामा स्वास्थ्यको पहुचभन्दा बाहिर रहेकाहरुलाइ पालीकाले बिभिन्न कार्यक्रम सन्चालन गर्ने बताए ।

उनले अशक्त,महिला, बृद्धबृद्धाहरुको लागी पालीकाले स्वास्थ्य बिमा मार्फत प्रभाबकारी काम गरीरहेको जनाए । कार्यक्रममा बिमा बोर्डका प्रतीनिधीहरुले राष्ट्रिय बिमा बोर्डले ल्याएको ऐन , नियमबारे पालीकाका जनप्रतीनिधीहरुलाइ सहजीकरण गरेका थिए । गाउपालीकाका निमित्त प्रमुख गणेश भटराइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सुरेन्द्र चौहानले गरेका थिए भने सन्चालन स्वास्थ्य शाखा प्रमुख अनिल बिश्वकर्माले गरेका थिए ।

 
 
  
 

You may also like