सिद्धबाबा हेडबक्स नजिकै ढुंगा सहितको पहिरोले जीपमा क्षति, जिपमा सवार ३ जना घाइते

बुटवल । अविरल बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा एउटा जीप पहिरोले पुरिएको छ ।

एउटा ढुंगा सहितको पहिरोले जीप पुरिएपनि मानविय क्षति भने नभएको दोभान प्रहरी चौकीले जनाएको छ ।

बुटवल बाट पाल्पा तर्फ गइरहेको लु २ च २८४९ नंं जीप माथी विहान पहिरो झरेको थियो । ढुंगा सहितको पहिरोले जीपमा क्षति पुराएको छ ।

जीपमा सवार ३ जना घाईते भएको प्रहरीको भनाई छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोका कारण केही बेर अबरुद्ध बनेको बुटवल–पाल्पा सडक अहिले भने सूचारु भइसकेको बताइएको छ ।

 
 
  
 

You may also like