देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । नेपालमा अहिले मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको ‘डिप्रेसन’ नामक मौसमी प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (बिहीबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

 
 
  
 

You may also like