रोटर्याक्ट क्लब अफ बुटवलको पदस्थापन

बुटवल ।रोटर्याक्ट क्लब अफ बुटवलको २६ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा बर्ष ०२२–०२२ का अध्यक्ष नवराज बञ्जाडेले वर्ष ०२३–०२४ का अध्यक्ष अर्जुन खनाललाई पद हस्तान्तरण गरेका छन् ।

रोटर्याक्ट क्लव अफ बुटवलको वर्ष २०२३–२४ का लागि अध्यक्षमा अर्जुन खनाल, प्रेसिडेन्ट इलेक्ट दिपेश्कु अग्रहरि, प्रेसिडेन्ट नोमिनीमा कृष्ण अधिकारी, सचिवमा अजयकुमार यादव, कोषाध्यक्षमा राजन न्यौपाने, सहसचिवमा दिव्या रेग्मी, एडमिन्स्ट्रेटिभ सर्भिस चेअरमा प्रशान्त न्यौपाने, मेम्बरसीप चेअरमा प्रकाश भण्डारी, रोटरी फाउण्डेशन चेअरमा कृष्ण बस्याल, सर्भिस प्रोजेक्ट चेअरमा भेषराज पोखरेल, प्रोफेसनल सर्भिस चेअरमा दिपक अर्याल, इन्टरनेशनल सर्भिस चेअरमा सन्तोष पुरी, फोलोसिप एण्ड स्पोर्टस् चेअरमा चिरन्जीवी गैरे, पव्लिक इमेज चेअरमा गोकुल खनाल, सर्जन्ट एट आम्र्समा सुनिल क्षेत्री र सम्पादकमा विशाल क्षेत्री चयन भएका थिए ।

पदस्थापन कार्यक्रममा जोन २० का डिआरइ विक्रम क्षेत्रीले अध्यक्ष अर्जुन खनाललाई सपथग्रहण गराएका थिए भने अध्यक्ष खनालले नवनिर्वाचित बोर्ड सदस्यहरुलाई सपथग्रहण गराएका थिए । त्यस अवसरमा बोल्दै वर्ष २०२३÷२४ का अध्यक्ष खनालले आफ्ना वार्षिक कार्ययोजना प्रस्तुत गर्दै क्लवलाई मानवीय र सिर्जनात्मक काममा अझ बढी क्रियाशिल बनाउने बताए ।

त्यस अवसरमा अविरत पाण्डे, कपिल ढकाल, बाबुराम रेग्मी, कृष्ण पुरी, रोहित साह, सन्दिप बस्याल, निरुपम भुसाल, नारायण पोखरेल, अभिषेक अधिकारी, मिलन बि.क, गणेश पाण्डे र दिवस रानालाई नयाँ सदस्यता प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले रोटरी र रोटर्याक्ट जस्एता संस्थाले मानव सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि मानीय सेवा भागमा अघि बढ्न र त्यसका लागि मानव सेवा आश्रम पनि सहकार्य गर्न तयार रहेको जानकारी गराए ।

कार्यक्रममा रोट्र्याक्ट क्लव अफ बुटवलका संस्थापक अध्यक्ष बोनिन पिया, पुर्व अध्यक्ष यादव भण्डारी, रोेटरी डिष्ट्रिक अवार्ड कमिटी चेअर कृष्णप्रसाद अर्याल, पुर्व अध्यक्ष जीवकान्त काफ्ले, इन्टर्याक्ट क्लव अफ पामिरका अध्यक्ष आयुश्मा ज्ञवाली, रोटर्याक्ट क्लव अफ क्षितिज इन्टरनेशनल कलेजका विनय श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रोटर्याक्ट क्लव अफ बुटवलका प्रेसिडेन्ट नोमिनी कृष्ण अधिकारी, वर्ष २०२२÷२३ का अध्यक्ष नवराज बञ्जाडे, सचिव प्रशान्त न्यौपाने, वर्ष २०२३÷२४ का सचिव अजयकुमार यादव लगायतले पनि बोलेका थिए । त्यस अवसरमा विभिन्न रोट्र्याक्टरहरुलाई सम्मान तथा विभिन्न अवार्ड प्रदान गरिएको थियो ।

 
 
  
 

You may also like