नियमित रक्तदाता संघ रुपन्देहीको रक्तदान कार्यक्रम, ३५ युनिट रगत संकलन

बुटवल ।रक्तदानको लागी सबै अगाडी बढौं भन्ने मुल नारा लिई अगाडी बढेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार बुटवल ब्लड बैकमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अथिति रोटरी क्लब अफ बुटवल २०२३÷२४ का अध्यक्ष करुण खनालले रक्तदान नै जिवनदान भएको उल्लेख गर्दे आगामी दिनमा संघले गर्ने सामजिक कार्यहरुमा सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नूभएको थियो ।

कार्यक्रममा नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिल्वालले आगामी दिनमा युवा लक्षित सचेतना मुलक कार्यक्रमको आयोजना गरी १८ बर्ष पुरा भएका युवा युवतीहरुलाई नियमति रक्तदान गर्नका लागी प्रोत्साहन गर्ने गरी अगाडी बढने बताउनुभयो । अध्यक्ष सिल्वालले आगामी दिनमा रुपन्देहीका १६ वटै पालिकाहरुमा संघको उपशाखा गठन गरी वडा तहमा समिति बनाई अधिकतम रक्तदान कार्यक्रमको आयोजना गरी रगतको अभाव हुन नदिन आफहरुू लाग्ने बताउनुभयो ।

कार्यक्रममा बिशिष्ठ अथिति संघका बरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, केन्द्रिय सल्लाहकार सुरेन्द्र शाक्य, केन्द्रिय उपाध्यक्ष महेश खनाल , कार्यक्रम प्रायोजक सुपादेउराली फुड सप्र्लायसका देवेन्द्र बश्याल लगायतले मन्तब्य राख्नुभएको थियो ।
नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिल्वालको अध्यक्षता र संघकी सहसचिव कृसला न्यौपानेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष भास्कर शाहीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण संघका सदस्य सुविन थान्जु श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा संघका केन्द्रिय सल्लाहकार आनन्द भट्टराई , केन्द्रिय सदस्य राजेश गैरे , बुद्धी ज्ञवाली , कोषााध्यक्ष रोशन अर्याल, सदस्य किरण राना, रोटरी क्लब अफ बुटवलका कोषाध्यक्ष लेखनाथ भुसाल, रोटरी क्लब अफ बुटवलका वार्ड मेयर विरेन्द्र राना , होटल ततथा रेष्टुरेन्ट ब्यवसायी संघका सदस्य एक बहादुर गाहा , रक्त संचार सेवाकेन्द्रका सदस्य सचिव राधा ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।
रक्तदान कार्यक्रममा ३५ युनिट ब्लड संकलन भएको संघले जनाएको छ ।

 
 
  
 

You may also like