आउँदो मंसिर ११–१३ गते कांग्रेस महासमिति बैठक, नीति अधिवेशन नहुने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंसिरमा महासमिति बैठक बोलाउने निर्णय गरेको छ । यद्यपि १४ औं महाधिवेशनका बेला ६ महिनाभित्र गरिने निर्णय भए बमोजिम नीति अधिवेशन भने नगरिने निर्णय भएको छ ।

केन्द्रीय समिति बैठकमा पार्टीका निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत् गर्ने भनी निर्दिष्ट गरिएका कार्य समेत गर्ने गरी यही मंसिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने निर्णय भएको जाानकारी दिए । महासमिति बैठक काठमाडौंमा बस्ने छ ।

चुनावमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा
नेपाली कांग्रेसले गएका तीन तहका निर्वाचनमा वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ । बुधबार साँझ पार्टी केन्द्रिय कार्य समितिको निर्णयहरु सुनाउदै महामन्त्री विश्वप्रकाश शर्माले उक्त जानकारी दिएका हुन् ।

कारबाही फुकुवा हुनेहरुमा जंगीलाल राय,देवेन्द्र बहादुर शाही,नवराज शाही, राजुसिंह कठायत, मनोजकुमार शाह, प्रल्हाद कुमार क्षेत्री, तारादेवी महतो, भोला खड्का, राम यादव, विजय कुमार महतो, विदेश्वर शाह, रूकुम तामाङ र लक्ष्मण सिंह रहेका छन् ।

 
 
  
 

You may also like