पत्रकार महासंघको सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रही देखियो-प्रगतिशील पत्रकार

बुटवल ।प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीले नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रही देखिएको बताएको छ।

बुधबार प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीका सचिव टेकराज भुसालले नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यालयमै पुगेर तथा लुम्बिनी प्रदेश र केन्द्रीय समितिलाई मेल मार्फत ध्यानाकर्षण पत्र बुझाइ नेपाल पत्रकार महासंघले राजनीतिक पूर्वाग्रही गरि नया सदस्यता वितरण गरेकोमा संगठनको विमति रहेको जनाउदै उक्त विभेद पूर्ण निर्णयलाई सच्चाउदै नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गर्न बन्चित भएका वास्तविक पत्रकारलाई सदस्य प्रदान गर्न र गैर पत्रकारहरुकाे नाम सिफारिस नगर्न भनी ध्यानाकर्षण गर्नुभएको हो।

नेपाल पत्रकार महासंघ रुपन्देहीको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो । महासंघले गरेको उक्त निर्णयमा कतिपय मापदण्ड भित्र पर्नेलाई पनि राजनीतिक पूर्वाग्रहीका कारणले गर्दा सदस्यता नदिएको र कतिपय मापदण्ड भन्दा बाहिरका व्यक्तिलाई समेत सदस्यता दिएको भन्दै उक्त निर्णय सच्चाएर वास्तविक पत्रकारलाई सदस्यता दिनुपर्नेमा प्रगतिशीलले जाेड दिएको छ।

सचिव भुसालले संगठनले पत्रकार महासंघको गरिमालाई थप उचो बनाउन र श्रमजीवि पत्रकारहरुको पक्षमा निरन्तर वकालत गरि पछिल्लो समयमा पत्रकार महासंघले चलाएको सदस्यता शुद्विकरण अभियानमा समेत साथ दिदै आएको थियो तर नयाँ सदस्य वितरण गर्दा महासंघले मापदण्ड अनुसार नभई कुनै पनि आस्था र विचारका आधारमा वितरण गरेकोले यस्तो निर्णयले पत्रकार महासंघ माथि नै प्रश्न चिन्ह खडा गरेको बताउनुभयो।

 
 
  
 

You may also like