महाराष्ट्र पहिरोमा पुरिएका २७ जनाको शव भेटियो, ६० अझै बेपत्ता

नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ भने कम्तीमा ६० जना बेपत्ता भएका छन् । मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा बिहीबार मनसुनसँगै खसेको पहिरोमा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएका उद्धारकर्मीले बताएका छन् ।

‘हामीले अहिलेसम्म २७ वटा शव फेला पारेका छौँ, करिब ६० जना अझै बेपत्ता छन्’, आपतकालीन सहायता टोलीका एक अधिकारीले भनेका छन् । भग्नावशेषमा खोजी भइरहेको रायगड जिल्ला अधिकारी योगेश म्हसेले आइतबार एएफपीलाई बताएका छन् ।

मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको तथा त्यहाँ भारी यन्त्र पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका उनले बताए । उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजलाई चुनौतीपूर्ण बनाएको छ । जिल्ला अधिकारी म्हसेले खोज तथा उद्धार चौथो दिनमा प्रवेश गरेको र जीवित भेटिनेमा आफू आशावादी नभएको बताएका छन् ।

 
 
  
 

You may also like