निगमले घटायो ग्यास र पेट्रोलको भाउ

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलको भाउ घटाएको छ । ग्यासको मूल्यप्रति सिलिण्डर १० रुपैयाँले घटाएर १,७९० रुपैयाँ कायम गरेको छ ।

आज राति १२ बजेबाट लागू हुने मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ मूल्य घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने अन्य ठाउँअनुसार फरक फरक दर कायम भएको छ ।
डिजलको मूल्य पनि प्रतिलिटर ४ रुपैयाँ घटेको छ ।

अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ । निगमले आजैबाट स्वचालित मूल्य निर्धारण प्रणाली लागू गरेको छ । भारतीय आयल कर्पोरेसनले १५ दिनमा नयाँ मूल्य पठाउँछ । अब सोही मूल्यअनुसार इन्धनको मूल्य समायोजन हुनेछ ।

इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको आजै नयाँ मूल्यसूची पठाएको थियो । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको छ । डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ ।

 
 
  
 

You may also like