मणि उजेशद्वारा नौ ग्रह जलकुण्ड बाटिका स्थापना

बुटवल । बुटवलको योगिकुटीमा रहेको देवस्थल मन्दिर परिषरमा नौ ग्रह जलकुण्ड बाटिका स्थापना गरिएको छ । दर्शनार्थीलाई जल चडाउनुका साथै नौ ग्रहको पहिचान र स्थानीय स्तरमा आउने चराचुरुङ्गेका लागि पिउने पानीका सहजताका लागि मन्दिर परिषरमा नौ ग्रहको जलकुण्ड बाटिका स्थापना गरिएको हो ।

लायन्स क्लव आफ बुटवल मणि उजेशले धार्मिक कार्यक्रमसँगै नौ ग्रहका बारेमा सकारात्मक उर्जाका लागि मन्दिर परिषरमा नौ ग्रह जलकुण्ड स्थापना गरि दिएको मन्दिर समितिका अध्यक्ष अशोक गुरुङ्गले जानकारी दिनुभयो । मणि उजेशले जलकुण्ड स्थापना गरि दिएर मन्दिर आउने दर्शनार्थीलाई सकारात्मक उर्जा थपि दिएको बताउनुभयो । मणि उजेशले सामाजिकसँगै विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको र हाल देवस्थल मन्दिर परिषरमा नौ ग्रह जलकुण्ड स्थापनासँगै मन्दिर समितिलाई हस्तान्तरण गरिएको क्लवका अध्यक्ष रितु गुरुङ्गले बताउनुभयो । क्लवले नौ ग्रह कुण्ड स्थापनासँगै मन्दिर परिषरमा वृक्षारोपण समेत गरेको क्लव अध्यक्ष गुरुङ्गले बताउनुभयो ।

नौ ग्रह जलकुण्ड स्थापना कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ पीका फष्ट भाईस डिष्ट्रिक गर्भनर पुरुषोत्तम प्राधानाङ, चार्टड प्रसिडेन्ट सृष्टि गुरुङ, कार्यक्रम संयोजक सोनाली गुरुङ, एलिना वुद्धचार्य लगायतले असल कार्यको सुरुवात मनबाट गर्नु पर्ने उल्लेख गर्दै मनलाई शान्त पर्ने असल विधीनै धार्मिक कर्ममा लिन हुनु भएको बताउनुभयो । सो अवसरमा मन्दिर परिषरमा बर, पिपल, पसाल, अमला, आक, स्वामी, चन्दन लगायतका विरुवा रोपिएको मणि उजेशका सचिव सिमा बस्याल पाण्डेले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like