शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकलाई तालिम

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शिक्षालाई सीप र रोजगारीसँग नजोड्दा अहिले समस्या देखिएको भन्दै सीप र रोजगारीसँग जोडेर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले समाजको आवश्यकतालाई पूर्ति गर्ने गरी हाम्रो शिक्षाको पाठ्यक्रम तयार गर्नुपर्ने बताए ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुका लागि आयोजना गरिएको शैक्षिक गुणस्तर अभिवृद्धि तालिमको उद्घाटन गर्दै उनले विश्व परिवेशको अनुभवबाट सिकेर हामीले आफूलाई सुधार गर्नुपर्ने बताए । ॅउत्पादन भएको जनशक्ति यही रहने र राख्ने गर्दा मात्रै देश विकास हुने हो, देशलाई फाइदा हुने हो,—उनले भने ।

कालिका मानवज्ञान माविले गरेको मिहिनेत र प्रगतिले बुटवलको गौरव बढाएको भन्दै यहाँको सिकाई र अनुभव अरुका लागि पनि अनुकरणीय भएको बताए ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एंव सल्लाहकार घनश्याम पाठकले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक वर्ग सहित यहाँको समुदायको साझा प्रयासबाट विद्यालय अहिलेको अवस्थामा आएको चर्चा गरे । ॅविद्यालयलाई यो अवस्थामा ल्याउन धेरै मिहिनेत गर्‍यौं, एकैचोटी यो अवस्थामा आएको होइन्, पहलकदमी लियौं,साथ खोज्यौं, साथ पायौं, मिहिनेत गर्‍यौं, संभव भयो,—उनले भने ।
उनले समय अनुसार शिक्षण र सिकाईलाई सुधार गर्दै जान यस्ता अभिमुखीकरण कार्यक्रम लाभदायक हुने बताए ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयको अहिलेको अवस्थाबाट अझै परिस्कृत हुँदै अघि बढ्न सक्दा मात्रै सफलता निरन्तर हुने बताए । ॅएउटै विन्दुमा स्थिर भएर सफल हुने होइन्, हिजोको जुन विन्दुबाट यहाँसम्म आयौं, यो विन्दुबाट हामीले अझै अघि बढ्नुछ, त्यसका लागि सबैको साथ सहयोग आवश्यक छ,—उनले भने ।

अहिले कालिका मानवज्ञान मावि मुलुकमै नमूना भएको र असल अभ्यासमा प्रथम भएको चर्चा गर्दै आफूले लागु गरेका असल अभ्यासलाई अरु विद्यालयलाई सिकाउन तयार रहेको बताए ।

समय र पविेश अनुसार सिकाई र शिक्षणलाई चुस्त बनाउन शैक्षिक सत्रको शुरुमै अभिमुखीकरण आयोजना गरको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले कालिका मानवज्ञान माविलाई अझै उचाईमा लैजान शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबैको सार्थक समन्वय र मिहिनेतको खाँचो रहेको बताए । उनले सिंगो बुटवल एक विद्यालय अवधारणा अनुसार यहाँका विद्यालयको अवस्था सुधार गर्न ढिलाई गर्न नहुने बताए । ॅत्यो अवधारणालाई कार्यान्वयन गर्न विद्यालय सहयोग गर्न तयार छ,—उनले भने ।
तालिम तीन दिनसम्म चल्ने छ । तालिमको पहिलो दिन बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले सहजीकरण गरेका थिए ।
३१ गतेसम्म चल्ने तालिममा नरबहादुर कार्की र अभिशेक घिमिरेले सहजीकरण गर्ने विद्यालयका तालिम संयोजक इवराज तिवारीले बताए ।

 
 
  
 

You may also like