शाइन रेसुङ्गाद्वारा कञ्चनको भैसाही माबिलाई डिजिटल उपकरण प्रदान

कञ्चन। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड कञ्चन शाखाले कञ्चनको पुरानो बिद्यालय भैसाही माध्यमिक बिद्यालयलाई सामाजिक उत्तरदायित्व अन्गर्तत डिजिटल उपकरण प्रदान गरेको छ। हालैमात्र इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको बैंकले बिद्यालयलाई डिजिटल उपकरण अन्तर्गत डेस्कटप कम्प्युटर, थ्रि इन कलर प्रिन्टर र १ थान प्रोजेक्टर उपलब्ध गराएको हो।

देशभर ८८ शाखा र एक एक्स्टेन्सन काउन्टर सहित १६ स्थानमा एटिएम मेसिन सञ्चालन भएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरका १० सामसदायिक बिद्यालयहरुमा बिभिन्न प्रकारका डिजिटल उपकरण प्रदान गरेको छ। डिजिटल उपकरण हस्तान्रण गर्दै कञ्चन गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले अवको समय प्रविधिको समय भएको र हरेक संस्था र ती संस्थाहरुसंग जोडिएका हरेक व्यक्तिहरु प्रविधिमैत्री हुन आवस्यक रहेको बताउनु भयो। पालिकाको सुदुर गाउमा स्थापित पुरानो सामुदायिक बिद्यालय भैसाही मा.वि.लाई प्रविधिमैत्री बनाउन सहयोग पुर्याउन शाइन रेसुङ्गा डेभलपमेण्टले डिजिटल उपकरण उपलब्ध गराएकोमा समेत वडा अध्यक्ष पौडेलले धन्यवाद ब्यक्त गर्नु भयो ।

यस्तै बिद्यालयका प्रधानाध्यापक टीकाराज गिरीले कञ्चन गाउपालिकालाई बिकसित र सुगम पालिका भनिएपनि पनि कञ्चनको वडा नं. ५ को पनि भैसाही मा.बि. पालिकाको दुरदराज र शिक्षाको पहुँचलाई सरल र सहज बनाउन नसकिएको दुःख ब्यक्त गर्नु भयो। दुरदराजमा रहेको भैसाही मा.वि.लाई प्रविधिमैत्री बनाउनमा सहयोग पुग्नेगरी बैंकले उपलब्ध गराएको डिजिटल उपकरणको अधिक्तम उपयोग गर्ने बताउदै डजिटल उपकरण उपलब्ध गराउने शाइन रेसुङ्ग डेभलपमेण्ट बैंकलाई धन्यवाद समेत ब्यक्त गर्नु भयो।

बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड हात पार्दै आएको यस बैंकको कञ्चन शाखामामात्र करिब १५ हजार भन्दा बढी ग्राहक रहेको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सालझण्डी शाखाका शाखा प्रमुख दीपक पौडेलको अध्यक्षता तथा रुद्रपुर शाखाका शाखा प्रमुख बाबुराम आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य बिष्णु थारु, बिद्यालय ब्यबस्थापन समितिका कार्यबाहक अध्यक्ष पुर्णवासी थारु,सालझण्डी शाखाका कर्जा बिभागका बिभागिय प्रमुख सन्दीप जि.सी, रुद्रपुर शाखाका संचालन बिभाग तथा अप्रेशन इन्चार्ज माया थापा र कर्जा बिभागका प्रकाश पौडेल बिधार्थी तथा शिक्षकहरुको समेत सहभागिता रहेको थियो।

 
 
  
 

You may also like