मोटरसाईकल चोरी गर्ने गिरोहका १२ जना पक्राउ

बुटवल । बुटवल आसपासवाट विभिन्न स्थानमा मोटरसाईकलहरु चोरीमा संलग्न १२ जनाको गिरोहलाई पक्राउ गरि सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा तथा ईलाका प्रहरी कार्यालय बुटवल र मातहत समेतका प्रहरी कार्यालयहरुको खोजिमा १२ जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन गरि जनाएको छ।
रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी, बाग्लुङ जिल्लासँग समन्वय गरी करिव एक महिनाको अन्तरालमा चोरी भएका विभिन्न मोटरसाइकलका १२ जना चोरहरुलाइ पक्राउ गरि सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेहरुमा बुटवल ३ ज्योतीनगर बस्ने वर्ष-१९ को तरुन राना, नवलपरासी (ब.सु.प.), रामग्राम न.पा. वडा नं.-१४ बस्ने वर्ष-४३ को सुनिल कुमार चौधरी, रामग्राम न.पा. वडा नं.-१६ बस्ने वर्ष- २० को करन थारु, गुल्मी घर भई हाल जिल्ला रुपन्देही, तिलोत्तमा न.पा. वडा नं.-५ बस्ने वर्ष-२६ को सरोज थापा, गुल्मी घर भई हाल जिल्ला रुपन्देही, तिलोत्तमा न.पा. वडा नं.-५ बस्ने वर्ष-२६ को दिपक रेगामी मगर, तिलोत्तमा न.पा. वडा नं.-६ बस्ने वर्ष-२४ को दिपेश थापा,सोही स्थानका २५ को हितेश राना, बाग्लुङ, वरेङ गा.पा.वडा नं.-५ सुखौरा बस्ने वर्ष-१९ को आशिष सामत,वर्ष-२० को दिपक सामत , वर्ष-२९ को गोरे भन्ने प्रमोद पुर्जा ,वरेङ गा.पा.वडा नं.-५ भित्रीवन बस्ने वर्ष-२२ को मिलन खत्री र तिलोत्तमा न.पा. वडा नं.-४ बस्ने वर्ष-१८ को आकाश नेपाली रहेको ईप्रका बुटवलले जनाएको छ।

पक्राउमा परेका व्यक्तिहरु उपर चोरी सम्बन्धी कसूरमा सम्मानित रुपन्देही जिल्ला अदालतवाट म्यादथप लिई थप अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ।

 
 
  
 

You may also like