रुपन्देहीमा ४ जिपिए ल्याउने विद्यार्थीको संख्या शून्य

बुटवल । शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका अनुसार एसईईको नतिजा अनुसार रुपन्देहीमा ४ ल्याउने विद्यार्थीको संख्या शून्य रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

ईकाईका अनुसार ३.६ भन्दामाथि ४.० भन्दा कम ल्याउने विद्यार्थी संख्या ६१३ रहेको छ ।

३.२ भन्दा माथि ३.६ भन्दा कम ल्याउने विद्यार्थी एक हजार ९५८ जना र ३.२ भन्दा कम २.८ भन्दा माथि ल्याउने विद्यार्थीको संख्या ३ हजार २२४ जना रहेका छन् । त्यस्तै २.४ भन्दामाथि २.८ भन्दा कम ल्याउने ३ हजार २३७ जना रहेका छन् ।

त्यसैगरी, २.० भन्दामाथि २.४ भन्दा कम ल्याउने विद्यार्थी संख्या ३ हजार १५४ जना रहेका छन् । १.६ भन्दामाथि २.० भन्दा कम ल्याउने विद्यार्थीहरु ३ हजार ३४६ जना रहेका छन् । त्यस्तै २.० भन्दा कम र १.२ भन्दा माथि ल्याउने विद्यार्थीहरु एक हजार ९९७ जना रहेका छन् । र, १.२ भन्दा कम र ०.८ भन्दा धेरै ल्याउने विद्यार्थीहरु एक सय ५८ जना रहेका छन् ।

 
 
  
 

You may also like