रास्वपाद्वारा छाडा चौपाया व्यवस्थापनको माग गर्दै ज्ञापन पत्र

बुटवल । बुटवल उपमहानगरपालिका क्षेत्र भित्रमा विकराल समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थापनको माग गदै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नगर उप प्रमुखलाई ज्ञापन बुझाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लुम्बिनी प्रदेश इन्वार्ज गणेश पौडेलको नेतृत्वमा प्रदेस सदस्य महेन्द्र उपाध्याय , छेत्रिय संयोजक छेत्र न २ रमेश लम्साल, तथ्यांक अनुसन्धान तथा अभिलेखिकरण बिभाग प्रमुख छबिन्द्र भट्टराई , सुचना प्रबिधी बिभाग प्रमुख नरेस भण्डारी , नगर संयोजक राजन पान्डे,वाड न ३ वडा सचीव शिवदेब अर्यालको टोलीले विहिवार नगर उपप्रमुखलाई कार्यकक्षमै भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

बुटवल उपमहानगरपालिका क्षेत्र भित्र व्यस्त बजार तथा मुल सडकहरुमा छाडा पशु चौपायको समस्या विकराल बन्दै गईरहेको, यस्ता चौपायबाट बाटोमा हिड्ने पैदलयात्री, मोटरसाइकलमा यात्रा गर्ने यात्रु तथा ठुला सवारी साधन समेत दुर्घटनाको जोखिम बढेको तथा हालका दिनमा यस्ता प्रकृतिका दुर्घटनाबाट घाइते र मृत्यु बरण गर्नेको संख्यामा बृद्धि देखिएको,शहरको सौन्दर्य र फोहोरव्यवस्थापनमा समेत चुनौती थपिएको रास्वपा) लुम्बिनी प्रदेश इन्वार्ज गणेश पौडेलद्वारा हस्ताक्षतिर ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

छाडा पशुचौपाया समस्यालाई मध्यनजर गरी यसको दिर्घकालिन समाधानको लागि पशु गौशला तथा छेकबार सहितको चरन क्षेत्रको व्यवस्था, रात्रिको समयमा यात्रा गर्दा बाटोमा सुतेका पशुहरु फोकस बत्तिमा नदेखिने हुनाले अल्पकालिन रुपमा तुरुन्तै पशुहरुको घाँटीमा रिफेक्टर बेल्ट लगाइदिने ,अङ्गभङ्ग भै सडकमा लडेका पशुलाई उद्दार गर्ने कार्यको लागि एम्बुलेन्स र हटलाइन नम्बरको व्यवस्था, बाच्छा जन्मिसकेपछि किसानलाई बौझ हुने र पाल्न नसकेर सडकमा छाड्ने प्रवृती देखिएकोले हाल प्रविधिको प्रयोगबाट बाच्छीमात्र जन्मने(सेक्स सिमन) आएकोले अनुदानमा किसानलाई उपलब्ध गराई दिर्घकालिन रुपमा बाच्छाको समाधानको लागि ज्ञापन पत्रद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको छ ।

 
 
  
 

You may also like