साफ च्याम्पियनसिप उपाधिका लागि भारत र कुवेत भिड्ने

काठमाडौँ । भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु टोली भारत र कुवेत भिड्दै छन् ।

हिजो (शनिबार) को दोस्रो सेमिफाइनल खेलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो । भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

यसअघि शनिबार नै भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई १–० ले हराउँदै कुवेत फाइनलमा प्रवेश गरेको थियो । अब उपाधिका लागि भारत र कुवेतबीच प्रतिस्पर्दा हुनेछ । फाइनल खेल मंगलबार राति ७ः४५ बजे बैंगलोरस्थित श्री कान्तेराव स्टेडियममा हुनेछ ।

 
 
  
 

You may also like