नमस्ते नेपालमा जोडिए ९० नयाँ सदस्य

बुटवल । सामाजिक कार्यमा अग्रसर संस्था नमस्ते नेपाल रूपन्देहीमा ९० जना नयाँ सदस्य जोडिएका छन । झण्डै १ साताको निम्ति खुलेको सदस्यता फारम मार्फत जम्मा ९० जना नयाँ सदस्य जोडिएका हुन ।

यसै विच संस्थामा जोडिएका नव आगन्तुक सदस्यहरूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम पनि आज सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष मनिस भुसालको अध्यक्षता रहेको थियो । यस्तै, कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अर्जुन खरेल, संस्थापक उपाध्यक्ष दिपेन कंडेल, नेपाल स्वयंसेवि रक्तदाता समाजका केन्दृय महासचिव कृष्ण चौहान क्षेत्री, युवा समाजसेवि भरत जंग क्षेत्रीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका नव आगन्तुक सदस्यहरूलाई टिका लगाएर स्वागत गरिएको थियो भने संस्थापक अध्यक्ष खरेलद्वारा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष खरेलले लगाएका टिका राष्ट्र र समाज प्रतिको जिम्मेवारीको प्रतिक रहेको बताए ।

यस्तै, कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनिष भुसालले संस्थालाई थप उचाईमा पुराउन छिट्टै देशका सातै ओटा प्रदेशमा शाखा विस्तार गर्ने बताए । झण्डै १५० जनाको उपस्थितिको अनुमान गरिएको उक्त कार्यक्रमममा वर्षाका कारण झण्डै १२० जनाको उपस्थिति रहेको थियो । संस्थाका सचिव सन्दिप पौडेल क्षेत्रीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका प्रवक्ता प्रशान्त ज्ञवालीको स्वागत मन्तव्य रहेको थियो ।

 
 
  
 

You may also like