तिनाउ नदीमा बाढी, जल सतहले खतराको तह पार गर्‍यो

बुटवल । तिनाउ नदीमा जल सतहले खतरा तह पार गरेको छ । बाढी बढ्ने क्रममा रहेको छ । तिनाउ जलाधारमा थप वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीको सतह बढ्दो क्रममा रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपासमा डुबान हुनसक्ने महाशाखाले जनाएको छ । त्यसैले होचा स्थानमा हुनेहरूले दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको वर्षा हुने क्रम बढ्दै गएको छ ।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सहत ६.८८ मिटर पुगेको छ । जबकी, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ । पछिल्लो तीन घण्टायता तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासको क्षेत्रमा भारी वर्षा भई रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल सतहले खतराको स्तर पार गरेकाले तिनाउ नदीको तटीय क्षेत्रमा आज दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउ महाशाखाले आग्रह गरेको छ ।

 
 
  
 

You may also like